वीरगञ्ज । नारायणी अस्पतालसहित बारा–पर्साका सरकारी अस्पतालमा करिब ६ महिनादेखि एन्टि–रेबिज भ्याक्सिन (एआरभी) अभाव हुँदा कुकुर, बिरालो आदिको टोकाइबाट घाइते बिरामी जोखिममा परेका छन्।
नारायणीमा ६ महिना र पोखरिया अस्पतालमा ३ महिनादेखि खोप सकिएको छ। नारायणी अस्पतालमा बारा, पर्साको ग्रामीण क्षेत्रबाट दैनिक २० देखि २५ जना सेवाग्राहीहरू आउँछन् । सुई नभएकोले त्यसै फर्काउनुपर्ने बाध्यता रहेको छ।
सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउने भनिए पनि सेवा शुल्कबापत करिब १०० रुपैयाँ लिइने यो खोप अभावका कारण बिरामीहरूले निजी मेडिकल वा क्लिनिकबाट प्रति भाइल ५–७ सय रुपैयाँ तिरेर खोप लगाउन वा भारतको रक्सौलसम्म जान बाध्य भएका छन्। अस्पतालहरूले माग गर्दा पनि खोप नआएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्।