इलाम । अविरल वर्षापछि आएको बाढी र पहिरोले इलाममा ठूलो मानवीय क्षति पुर्याएको छ। पछिल्लो विवरणअनुसार अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता रहेका छन्।
भारतको दार्जिलिङमा पहिरोमा परेर सूर्योदय नगरपालिका–९ का ३३ वर्षीय सत्मा लामाको पनि मृत्यु भएको छ। दशैं मनाउन मिरिक पुगेका बेला उनी पहिरोमा परेका थिए।
जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक मृत्यु विवरणअनुसार –
- सूर्योदय नगरपालिकामा ६ जनाको मृत्यु,
- इलाम नगरपालिकामा ६ जना मृत्यु र १ जना बेपत्ता,
- सन्दकपुर गाउँपालिकामा ६ जना,
- माङ्सेबुङ गाउँपालिकामा ३ जना,
- देउमाई नगरपालिकामा ८ जना,
- माइजोगमाई गाउँपालिकामा ८ जना,
- फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु
यस विपत्तिमा घाइतेहरूको उद्धार नेपाली सेनाको हेलिकप्टरमार्फत गरिएको छ। सडक अवरुद्ध, पुल बगेका, घरबार विहीन परिवारहरू र पशुचौपाय पुरिएका कारण इलामको जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको छ।