काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्पछि पानीजन्य र कीटजन्य रोग फैलन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार बाढी–पहिरोपछि पखाला, हैजा, डेङ्गी, मलेरिया लगायतका रोग देखिन सक्ने भएकाले लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जानुपर्ने हुन्छ। खानासम्बन्धी रोग, आँखा पाक्ने समस्या र मानसिक स्वास्थ्यसम्बन्धी चुनौती पनि देखिन सक्ने उहाँको भनाइ छ।
मन्त्रालयले स्वास्थ्य स्वयंसेविका र स्थानीय स्वास्थ्यकर्मीमार्फत उमालेको पानी पिउन, सरसफाइमा ध्यान दिन र सचेतना फैलाउन आग्रह गरेको छ। आपतकालीन अवस्थामा एम्बुलेन्स सेवाका लागि १०२ र स्वास्थ्यसम्बन्धी जानकारीका लागि १११५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
अस्पताललाई निरन्तर वर्षा र विपद्को सम्भावनालाई ध्यानमा राखी तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।