काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएका ३० जनाको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सिभिल, ट्रमा सेन्टर, त्रिवि, पाटन, कीर्तिपुर, प्रहरी अस्पताल लगायत बी एन्ड बी, विराट, नोबेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाइतेहरूको उपचार जारी छ।
मन्त्रालयका अनुसार हालसम्म दुई हजार ३१६ घाइते उपचारका लागि पुगेका थिए। तीमध्ये दुई हजार २३८ जना डिस्चार्ज भएका छन् भने मृत्यु हुनेको संख्या ४९ पुगेको छ। जेनजी क्लिनिकमार्फत ९ जनाले सेवा लिएको मन्त्रालयले जनाएको छ।