चितवन । चितवनमा जापानी इन्सेफ्लाइटिसका कारण साउनयता छ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। मृत्यु हुनेमा दुई जना भरतपुर, दुई जना राप्ती, एक जना खैरहनी र एक जना कालिका नगरपालिकाका छन्।
हालसम्म जिल्लामा १७ जनामा यो रोगको संक्रमण देखिएको छ। तीमध्ये १० महिला र ७ पुरुष छन्। संक्रमितमध्ये १५ जनाले खोप नलगाएको पाइएको छ।
मृतकहरू मध्ये सबैभन्दा उमेरका ८९ वर्षका र सबैभन्दा कान्छा ३९ वर्षका छन्। यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो, जसले प्रायः साँझ र बिहान टोक्ने गर्दछ।
जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार यो लामखुट्टे सुँगुर, बङ्गुर, हाँस जस्ता जनावरबाट रोग सर्ने प्रमुख माध्यम बनेको छ र धानखेती क्षेत्रमा यसको लार्भा फेला पर्न सक्ने बताइएको छ।