सेवाई छिटो र मिठो परिकार हो । यो बनाउन गाह्रो छैन । समय पनि धेरै लाग्दैन । सेवाई बजारमा पाइने सेवाई लिएर घरमै यसलाई तयार गर्न सकिन्छ । यहाँ सेवाई बनाउने सामान्य विधी दिइएको छ ।
कसरी बनाउने सेवाई
-२ कप सेवाई (भुटेको)
-आधा कप चिनी
-चार कप दुध
-एक कप ड्राई फ्रुट्स
-१ चम्चा सुकुमेल पाउडर
-१ चम्चा केसर (दुधमा भिजाइएको)
कसरी बनाउने त ?
सबैभन्दा पहिला एक प्यानमा दुध उमाल्ने । बेलाबखत चलाउँदै गर्नुपर्छ । १० मिनेटमा दुध गाढा हुन्छ । अब यसमा भुटेको सेवाई लगाउने र बिस्तारै सेवाई पाक्न दिने । त्यसपछि दुधमा भिजाइएको केसर, सुकुमेलको धुलो र काटेको ड्राई फ्रुट्स राख्ने । त्यसलाई एक मिनेट पाक्न दिने ।
अब सेवाई दुधभन्दा माथि देख्न थालिन्छ, यसको अर्थ सेवाई तयार भयो । त्यसपछि केही समय सेलाउन दिने । हल्का सेलाएपछि चिनी मिश्रण गर्ने ।