काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी, सामुदायिक, निजी अस्पताल र मेडिकल कलेजलाई चिकित्सक, नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक तथा सेवा–सुविधा सम्बन्धी पाँच बुँदे व्यवस्था तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले २०८१ मङ्सिर २७ को निर्णयअनुसार जारी निर्देशन अझै पूर्ण रूपमा लागू नभएको भन्दै अस्पतालहरूलाई तत्काल कार्यान्वयन गरी प्रतिवेदन बुझाउन आग्रह गरेको छ।
निर्देशनअनुसार स्वास्थ्यकर्मीलाई सरकारले तोकेकोभन्दा कम पारिश्रमिक दिन नपाइने, अतिरिक्त समय काम गरेमा भत्ता दिनुपर्ने, औपचारिक करार गर्नुपर्ने, ज्यालादारीमा काम गराउन नपाइने र शैक्षिक प्रमाणपत्र रोक्न नपाइने व्यवस्था गरिएको छ। साथै पारिश्रमिक बैंकमार्फत उपलब्ध गराउन र अनुभव प्रमाणपत्र अनिवार्य रूपमा दिनुपर्ने भनिएको छ।
मन्त्रालयले निर्देशन पालना नगर्ने संस्थामाथि कारबाही अघि बढाइने चेतावनी दिएको छ।
