यदि तपाईंको बच्चाको उचाइ उमेरअनुसार बढिरहेको छैन भने चिन्तित नहुनुहोस् — केही सानो परिवर्तनले नै ठूलो असर पार्न सक्छ।
पोषणमा ध्यान दिने
हाइट बढ्नका लागि प्रोटिन, क्याल्सियम, भिटामिन डि र जिंक अत्यावश्यक हुन्छन्।
दैनिक आहारमा समावेश गर्ने :
- दूध, दही, अण्डा, माछा, सोया
- हरियो सागसब्जी, स्याउ, केरा, गाजर
- बदाम, चना, तोरी वा सिस्नो
नियमित व्यायाम गर्न लगाउने
हड्डी र मांसपेशी बलियो बनाउन व्यायाम अत्यन्त आवश्यक हुन्छ।
- दैनिकीमा रस्सी हाम्ने (Skipping)
- पौडी खेल्ने
- सुत्ने बेलुकी हल्का स्ट्रेचिङ वा योगा
पर्याप्त निद्रा
- बच्चा सुत्दा ग्रोथ हर्मोन उत्पादन हुन्छ।
- ५–१२ वर्षका बच्चाले ९–११ घण्टा निद्रा पाउनुपर्छ।
बिहानको घाममा बस्न दिने
भिटामिन डि का लागि बिहानको घाम (७–९ बजेबीच) अत्यावश्यक छ।
चिकित्सकको सल्लाह लिने
यदि बच्चाको हाइट उमेरअनुसार धेरै कम छ भने बाल रोग विशेषज्ञ वा एनडोक्राइनोलोजिस्ट सँग सल्लाह लिने। कहिलेकाहीँ हार्मोनको असन्तुलन पनि कारण हुन सक्छ।