काठमाडौँ । पर्सामा जिल्लाका पाँच स्थानीय तहका २१ हजार १९६ जनालाई हालसम्म खोप लगाइएको छ।
वीरगञ्ज, पोखरिया, जगरनाथपुर, सखुवा प्रसौनी र धोवीनीमा अभियान जारी छ। स्वास्थ्य सेवा विभागका अनुसार पर्सामा लक्षित ६ लाख ५२ हजारमध्ये अहिले मात्र २१ हजार जनाले खोप पाएका छन्।
सरकारले हैजाको महामारीको उच्च जोखिमलाई ध्यानमा राखी पर्सा र बारामा हैजा विरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।यस अन्तर्गत पर्सा र बारामा चार लाखभन्दा बढी जनालाई खोप दिन योजना बनाइएको छ। अभियानले हैजा महामारीको जोखिम घटाउने लक्ष्य राखेको छ। गत भदौ ६ गते बाट देखिन सुरु गरेको हैजा रोगबाट हालसम्म पर्सा र बारामा गरी एक हजार ६८५ हैजाका बिरामी फेला परेका छन् ।