जनकपुरधाम । मधेश प्रदेशका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले श्रम शोषण, असमान तलब र कार्यस्थल असुरक्षाविरुद्ध आन्दोलनको चेतावनी दिएका छन्।
आज आयोजित पत्रकार सम्मेलनमा उनीहरूले ८ बुँदे माग सार्वजनिक गर्दै यदि माग पूरा नभए कार्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिने जानकारी दिए।
स्वास्थ्यकर्मीहरूले तलब स्केल अनिवार्य लागू गर्नु, सुरक्षा र बीमा सुनिश्चित गर्नु, साप्ताहिक ४२ घण्टा भन्दा बढी काम नदिनु, परिवारका सदस्यलाई निःशुल्क उपचार सुविधा, वार्षिक १०% तलब वृद्धि, मानसिक दबाब रोक्ने योजना र स्वतन्त्र अनुगमन निकाय गठन गर्न सरकारसँग माग गरेका छन्।
प्रदेशभर करिब २० हजारभन्दा बढी स्वास्थ्यकर्मी निजी अस्पतालमा कार्यरत छन्।