गलकोट । धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा थाइराइड, सुगर, मुटु र उच्च रक्तचापका औषधि नपाएर बिरामी हैरान छन्। स्वास्थ्य बीमामा आवद्ध अधिकांश बिरामीले चिकित्सकले लेखेका औषधि अस्पताल फार्मेसीमा नपाएको गुनासो गरेका छन्।
फार्मेसीमा थाइराइड २५ र १२।५ लगायतका औषधि अभावमा परेका छन्। बिरामीका अनुसार केही स्वास्थ्यकर्मीको स्वार्थका कारण अस्पतालमा औषधि नपाइने अवस्था बनेको हो।
फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले औषधि ट्रान्सपोर्टमा ढिलाइ भएको बताए। मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले अभाव भएका औषधि तुरुन्त उपलब्ध गराउने र तिहारपछि नयाँ ठेक्काबाट खरिद प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए।