म्याग्दी । बेनी नगरपालिकाले लगातार तेस्रो वर्ष घरमै सुत्केरी हुनेको संख्या शून्यमा झार्न सफल भएको छ। आर्थिक वर्ष २०७८/७९ यता सबै गर्भवतीले स्वास्थ्य संस्थामै गएर सुरक्षित प्रसूति गरेका हुन्।
नगरप्रमुख सुरत केसीका अनुसार चेतनामूलक कार्यक्रम र दक्ष स्वास्थ्यकर्मीको सक्रियताले आमा र शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार आएको हो। चालु वर्ष साउन–भदौमा मात्र ६६ महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिएका छन्।
नगरउपप्रमुख ज्योति लामिछानेले जोखिमयुक्त ‘होम डेलिभरी’ अन्त्य गरेर सबै वडामा सुरक्षित प्रसूति सेवा सुनिश्चित गरिएको बताए।