चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ। ४,१०८ जनाको परीक्षणमा यस्तो संक्रमण फेला परेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
किट नियन्त्रक राम केसीका अनुसार संक्रमितमध्ये १८१ जना चितवनका र ६५ जना अन्य जिल्लाका हुन्। भरतपुरमा २५, खैरहनीमा ४३, रत्ननगरमा ६१, राप्तीमा २०, कालिकामा २३, इच्छाकामनामा पाँच र माडीमा चार जनामा संक्रमण देखिएको हो।
स्क्रब टाइफस संक्रमित किर्नाको टोकाइबाट सर्छ। ज्वरो, आँखा रातो हुनु, बान्ता, खोकी, टाउको दुख्नेजस्ता लक्षण देखिन्छन्।
बच्नका लागि झाडी वा वन क्षेत्रमा जानु अघि लामो कपडा लगाउने, कीटनाशक प्रयोग गर्ने र वरिपरिको सरसफाइमा ध्यान दिन किट नियन्त्रक केसीले सुझाव दिए।