काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चार नयाँ मन्त्री सिफारिस गरेकी छन् । आजै शपथ ग्रहणको तयारी भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमा खगेन्द्र सुनार र युवा तथा खेलकुदमा बब्लु गुप्तालाई जिम्मेवारी तोकिएको स्रोतले जनाएको छ ।
डा. गौतम पूर्व स्वास्थ्य सचिव तथा स्त्री–प्रसूति रोग विशेषज्ञ हुन् । श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता, सुनार दलित अधिकारकर्मी र गुप्ता सामाजिक अभियन्ता हुन् । राष्ट्रपति कार्यालयले शपथको समय केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।