काठमाडौँ । नयाँ मन्त्रीका लागि सिफारिस भएका चारमध्ये दुई जनाको मात्रै आज शपथ हुने भएका छन्। उच्च स्रोतका अनुसार बब्लु गुप्ता र डा। सुधा शर्मा गौतमले मात्रै राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गर्नेछन्।
खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ भने विवादका कारण स्थगित गरिएको छ। सुनारको नाममा व्यापक विवाद भएपछि प्रधानमन्त्री सुशीला कार्कीले छलफल गरेपछि उनीहरूको शपथ रोकिएको हो।
राष्ट्रपति कार्यालयले दिउँसो साढे २ बजे शपथ ग्रहण कार्यक्रम तय गरेको जानकारी दिएको छ।