काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिए।
राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहमा दुवै मन्त्रीलाई शपथ गराए। यसअघि चार मन्त्रीले शपथ लिने तयारी भए पनि अन्तिममा दुई जनाको मात्रै शपथ भएको हो।
डा. गौतम स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव हुन भने गुप्ता जेनजी आन्दोलनका अगुवा हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई नियुक्त गरिएको हो।