काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आइतबार पदभार ग्रहण गरेकी छिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएलगत्तै उनले स्वास्थ्य मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी हुन्।
मन्त्री शर्माले पदभार ग्रहण गरेसँगै पहिलो निर्णयका रूपमा जेनजी आन्दोलनबाट प्रभावित घाइतेहरूसहित सबैका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई मन्त्री नियुक्त गरेका थिए। उनी यसअघि स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव रहिसकेकी हुन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वमा नयाँ सरकार बनेको हो। हाल मन्त्रिपरिषद् १० सदस्यीय भएको छ, जसमा डा। गौतमसँगै बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।