काठमाडौं – नेपाल सरकारद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मालाई नियुक्त गरिएको छ। यसमा नेकपा एमालेनिकट राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडान) ले शुभकामना व्यक्त गर्दै केही सुझाव र चेतावनीसमेत दिएको छ।
संघले डा. शर्माको अनुभव र दक्षताको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रमा सुधारका लागि सकारात्मक परिणाम आउने अपेक्षा व्यक्त गरेको छ। तर, उनी पुरानो सरकारका सल्लाहकार भएकाले नयाँ पुस्ताका चिकित्सकमा निराशा उत्पन्न भएको जनाएको छ।
संघले डा. शर्मालाई दलगत स्वार्थभन्दा माथि उठेर निष्पक्ष काम गर्न आग्रह गर्दै, स्वास्थ्यकर्मीको पारिश्रमिक वृद्धि, दुर्गम क्षेत्रमा सुरक्षाको व्यवस्था, र स्वास्थ्यकर्मीमाथि हुने हिंसाविरुद्ध शून्य सहनशीलता लागू गर्न सुझाव दिएको छ। तर, संघले डा। शर्मा स्वास्थ्य सचिव रहँदै युनिसेफमा रोजगारीका लागि राजीनामा दिएकी थिइन्। संघका अनुसार, यदि यस्तो प्रवृत्ति पुनः दोहोरियो भने स्वास्थ्य क्षेत्रमा चुनौती आउन सक्ने। केही चिन्तासमेत व्यक्त गरेको छ ।
विज्ञप्तिमा संघका प्रवक्ता डा. अरुण उप्रेतीले हस्ताक्षर गरेका छन्।
