बैतडी । सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकीमा अबदेखि नियमित रूपमा अल्ट्रासाउण्ड सेवा सुरु गरिएको छ। गर्भवती महिलाका लागि यो सेवा निःशुल्क हुने स्वास्थ्यचौकी प्रमुख सुरेन्द्रसिंह महराले जानकारी दिए।
गाउँपालिकाको समन्वयमा प्रदेश सरकारबाट उपलब्ध अल्ट्रासाउण्ड उपकरणमार्फत सेवा सुरु गरिएको हो। स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महराले सेवा प्रदान गरिरहेकि छन्।
पहिले स्वास्थ्य शिविरका समयमा मात्र अल्ट्रासाउण्ड हुने गरेकामा अब दैनिक रूपमा सेवा उपलब्ध हुने भएको छ। गाउँपालिकाकी उपाध्यक्ष मञ्जु महरा बोहराका अनुसार मातृ तथा शिशु मृत्युदर शून्यमा झार्ने लक्ष्यसहित यो पहल गरिएको हो।
उनले भने, “गर्भावस्थामा जटिलता समयमै पत्ता लाग्ने भएकाले यो सेवाले आमा र शिशु दुवैको ज्यान जोगाउन ठूलो मद्दत पुर्याउनेछ।”