काठमाडौँ । ‘मोन्था’ चक्रवातको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी प्रवक्ता विभूति पोखरेलका अनुसार आगामी २४ घण्टासम्म कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा, अन्य प्रदेशमा मध्यम वर्षा हुने सम्भावना छ । उनका अनुसार शनिबार बिहानदेखि मात्र मौसम क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ ।
काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ । प्रवक्ता पोखरेलले सबै ठाउँमा निरन्तर वर्षा नहुने बताउँदै उच्च पहाडी तथा हिमाली भेगमा एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको जानकारी दिइन् ।
महाशाखाले वर्षासँगै केही स्थानमा हावाहुरी र चिसो बढ्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।