विराटनगर । विश्व स्ट्रोक दिवस २०२५ को अवसरमा विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले स्ट्रोकजन्य रोगका जोखिम घटाउने, जनचेतना अभिवृद्धि गर्ने र उपचारमा सहजता ल्याउने उद्देश्यका साथ विभिन्न विशेष सेवा र आकर्षक छुट योजना सार्वजनिक गरेको छ।
सन् २००० मा वरिष्ठ कन्सल्टेन्ट न्युरोलोजिस्ट डा। वीरेन्द्र कुमार बिष्टको नेतृत्वमा स्थापना भएको यस अस्पतालले आफ्नो सुरुदेखिनै न्युरोलोजिकल उपचारमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। अस्पतालले अहिले सम्म कोशी र मधेश प्रदेशका साथै भारतका विभिन्न क्षेत्रका १५ हजारभन्दा बढी स्ट्रोक बिरामीको सफल उपचार गरिसकेको छ। अस्पतालमा अत्याधुनिक डेडिकेटेड स्ट्रोक वार्ड सञ्चालनमा रहेकाले यसलाई प्रदेशकै अग्रणी केन्द्रको रूपमा स्थापित गरेको छ।
विश्व स्ट्रोक दिवस २०२५ का अवसरमा घोषणा गरिएका विशेष कार्यक्रमहरू
१. स्ट्रोक स्क्रिनिङ प्याकेजमा विशेष छुट
स्ट्रोकका प्रमुख जोखिम कारक - उच्च रक्तचाप, मधुमेह, रगतमा कोलेस्ट्रोलको मात्रा आदिको समयमै पहिचानका लागि अस्पतालले तीन तहका स्क्रिनिङ प्याकेज (आधारभूत, विस्तृत र उन्नत) सार्वजनिक गरेको छ। यी प्याकेजमा ईसीजी, कारोटिड डोप्लर, एमआरआई, लिपिड प्रोफाइल लगायतका परीक्षणहरू समावेश छन्। यसमा १० प्रतिशत सामान्य छुट तथा ४० वर्षभन्दा माथिका व्यक्ति वा स्ट्रोकको पारिवारिक इतिहास भएकालाई थप २५ प्रतिशत छुट उपलब्ध हुनेछ।
२. स्ट्रोकपश्चात पुनर्स्थापना सेवामा आकर्षक अफर
फिजियोथेरापी सेवामा २० देखि ३० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। यसले स्ट्रोकपश्चातका बिरामीहरूलाई दैनिकी सहज बनाउन र द्रुत रिकभरीमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
३. न्युरो–कार्डियो कम्बो प्याकेज र अभिभावक विशेष अफर
स्नायु र मुटु दुवै स्वास्थ्य परीक्षण गर्न चाहनेका लागि अस्पतालले न्युरो–कार्डियो कम्बो प्याकेज ल्याएको छ, जसमा ईसीजी, इको, कारोटिड डोप्लर, ब्लड सुगर, लिपिड प्रोफाइल र विशेषज्ञ परामर्श समावेश छन्। यसअन्तर्गत, अभिभावकसहित आउने परिवारका दोस्रो सदस्यलाई ५० प्रतिशत छुट दिइनेछ।
४. जनचेतनामूलक तथा निःशुल्क सेवा कार्यक्रम
विश्व स्ट्रोक दिवसको सप्ताहभरि अस्पतालले निःशुल्क रक्तचाप र ब्लड सुगर परीक्षण, स्ट्रोक बिरामीका लागि निःशुल्क परामर्श, तथा विराटनगर महानगरभित्र आकस्मिक बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्नेछ।
अस्पतालका अनुसार, यी कार्यक्रमहरू स्ट्रोकका लक्षण, जोखिम घटाउने उपाय र समयमै उपचारका महत्वबारे जनस्तरमा सचेतना फैलाउने उद्देश्यले ल्याइएका हुन्। अस्पतालले सबैलाई नियमित स्वास्थ्य परीक्षण गर्न, स्वस्थ जीवनशैली अपनाउन र चेतनामूलक कार्यक्रमहरूमा सहभागी हुन आग्रह गर्दै स्वस्थ समाज निर्माणमा हातेमालो गर्न आह्वान गरेको छ।