बैतडी। जिल्ला अस्पतालले हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा पुनः सुरु गरेको छ। डा. दिपेन्द्र भण्डारीको आगमनसँगै केही महिना रोकिएको सेवा फेरि सञ्चालनमा आएको अस्पतालका प्रमुख डा. सुशील विकले जानकारी दिए।
अब ढाड, घुँडा, कम्मर दुख्ने, नसा च्यापिने, हातखुट्टा बाङ्गो हुनेदेखि दुर्घटनापछि हुने हड्डीसम्बन्धी समस्या समेतको उपचार जिल्ला अस्पतालमै हुने भएको छ।
विशेषज्ञको आगमनसँगै हाडजोर्नी र नसासम्बन्धी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ। अहिले अस्पतालमा तीन जना विशेषज्ञसहित १० चिकित्सक कार्यरत छन्।