काठमाडौँ। उचित पारिश्रमिकको माग गर्दै आन्दोलनरत नर्सहरू र सरकारले सहमति गरेका छन्। स्वास्थ्य मन्त्रालयमा शनिबार भएको वार्तापछि आज देखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने निर्णय भएको हो।
सहमति अनुसार निजी मेडिकल कलेज र ठूला निजी अस्पतालले कात्तिक महिनादेखि सरकारी पाँचौँ तहअनुसार न्यूनतम तलब रु ३४ हजार ७३० दिने भएका छन्। अन्य निजी अस्पतालले हाललाई ८० प्रतिशत तलब दिई एक महिनाभित्र सरकारी सरह पुर्याउने सहमति भएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए।
एक महिनाभित्र कार्यदलले प्रतिवेदन पेस गरेपछि बाँकी अस्पतालले पनि मापदण्डअनुसार तलब समायोजन गर्नुपर्नेछ। वार्तामा स्वास्थ्य मन्त्री डा। सुधा शर्मा गौतमसहित मन्त्रालयका अधिकारी र नर्सिङ सङ्घका प्रतिनिधि सहभागी थिए।