गलकोट । तीन वर्षअघि स्थापना गरिएको १५ शय्याको बागलुङ नगर अस्पतालले दुई जना मेडिकल अधिकृत नियुक्त गर्दै सेवा विस्तार गरेको छ ।
२०७८ असोज ८ मा पैयुपाटा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी स्थापना गरिएको अस्पतालले अब एक्सरे र भिडियो एक्सरे सेवा सुरु गरेको छ । अस्पताल प्रमुख डा। सफल सापकोटाका अनुसार गर्भवतीका लागि भिडियो एक्सरेसहित प्रयोगशाला र फार्मेसी सेवा पनि सञ्चालनमा छन् । “भवन निर्माण ढिलो भए पनि चुनौतीबीच सेवा विस्तार भइरहेको छ,” उनले बताए ।
बागलुङ–१३ का वडाध्यक्ष नारायण पौडेलका अनुसार हालै रेडियोग्राफरसहित एक्सरे सेवा सुरु गरिएको हो । नगर अस्पतालका लागि नौ रोपनी जग्गामा १८ करोड लागतमा निर्माण भइरहेको भवनको म्याद तेस्रोपटक २०८३ असार १९ गतेसम्म थपिएको छ ।