मानिसको व्यक्तित्व र अभिव्यक्तिको प्रमुख माध्यम हो - आवाज। मौसमअनुसार घाँटीको समस्या देखिन्नु समान्य हो । घाँटीमा समस्या हुँदा आवाज बस्ने समस्याबाट धेरै मानिसहरू पीडित हुन्छन् ।
घाँटीमा एउटा स्वरयन्त्र हुन्छ । त्यहाँ दुईवटा आवाज गर्न (भोकल कर्ड) हुन्छन् । स्वर यन्त्रको बीचबाट हावा बाहिर निस्कने क्रममा बोली अर्थात् आवाज निस्कन्छ। भोकल कर्डमा कुनै पनि प्रकारको खराबी भयो भने आवाज बस्ने वा स्वर सुक्ने हुन्छ । धेरैलाई आवाज बस्नु सामान्य लाग्छ, तर कहिलेकाहीँ यही लक्षण गम्भीर स्वास्थ्य समस्याको संकेत हुन सक्छ। आवाज बस्ने समस्या सानो जस्तो लागे पनि यसका धेरै कारण हुन्छन्
कारणहरू
१. एलर्जी (Allergy)
धुलो, धुवाँ वा रासायनिक पदार्थको प्रभावले धेरैलाई एलर्जी हुन्छ। जस्तो एलर्जी हुँदा घाँटीभित्रको स्वररज्जु सुन्निन्छ, चिलाउँछ र जलन महसुस हुन्छ। फलस्वरूप आवाज बस्न थाल्छ।
२. चोटपटक वा शल्यक्रियापछिको असर (Trauma)
यदि स्वरयन्त्रमा चोट लाग्यो वा घाँटी बलम अजभकतमा कुनै प्रकारको शल्यक्रिया ( ट्यूमर निकाल्ने वा नलीमा ट्युव राख्ने) गरिएको छ भने, स्वररज्जुमा क्षति पुग्न सक्छ। त्यसले आवाज बस्न समस्या ल्याउँछ।
३. धुलो र धुँवा (Dust and Smoke)
धूलो, धुवाँ र प्रदूषित हावा स्वरयन्त्रका लागि सबैभन्दा हानिकारक हुन्छ। धूम्रपान गर्ने वा यस्तो वातावरणमा काम गर्ने व्यक्तिमा दीर्घकालीन स्वर समस्या निम्त्याउँछ।
४. स्वरको दुरुपयोग ( Vocal abuse)
स्वर पनि शरीरकै अंग हो, त्यसलाई अत्यधिक प्रयोग गर्दा थकान आउँछ। वोल्ने पेशा ( शिक्षक, गायक, रेडियो प्रस्तोता, गीत गाउनु वा भाषण ) का कारण पनि आवाज बस्ने हुन्छ । कहिलेकाही स्वरको दुरुपयोग पनि हुन्छ । कुनै घटनामा प्रतिक्रिया जनाँउदा, कुनै खेलमा आफ्नो मनपर्ने टिमले जित्दा, भिडभाडमा आफूले चिनेको व्यक्ति देखिँदा हामी ठूलो स्वरले चिच्याउँछौं । यसरी चिच्याउनु अनावश्यक हो, नचिच्याए पनि हुन्छ । त्यसैले यो स्वरको दुरुपयोग (abuse of voice) हो। यसरी बारम्बार चिच्याउने बानीले स्वर थकित बनाउँछ र आवाज बस्ने समस्या हुन्छ ।
५. ग्यास्ट्रिक रिफ्लक्स (Gastric Reflux)
पेटको अम्ल (acid) कहिलेकाहीँ घाँटीसम्म आइपुग्छ, जसले स्वरयन्त्रमा जलन ल्याउँछ। यस जसकारण ग्यास्ट्रिकको समस्या हुने व्यक्तिमा आवाज बस्ने समस्या देखिन्छ ।
६. संक्रमण ( Infection)
यो आवाज बस्ने सबैभन्दा सामान्य कारण हो। रुघाखोकी वा भाइरल संक्रमणका बेला स्वरयन्त्र सुन्निन्छ । सामान्यतया केही दिन आराम र पानीको सेवनले ठीक हुन्छ, तर कहिलेकाहीँ औषधि आवश्यक पर्छ। बारम्बार टन्सिल वा घाँटीको इन्फेक्सन हुने व्यक्तिहरूमा पनि आवाज बस्ने समस्या बढी हुन्छ।
७. औषधिको असर (Drug reaction
केही व्यक्तिहरुमा कुनै कुनै औषधिहरूको एलर्जी हुने गर्छ जसको असले आवाज बस्ने वा स्वर सुक्ने हुन्छ ।
८. गिल्खा–गिल्खी ( Ttumor/Cancer)
घाँटी वा स्वरयन्त्रमा सानो गाँठा, पोलिप वा क्यान्सरको प्रारम्भिक रूप बनेमा पनि आवाज परिवर्तन हुन सक्छ। यो अवस्था सामान्यतया बिस्तारै बढ्दै जान्छ र दीर्घकालीन आवाज बस्ने लक्षण देखिन्छ।
९. सुखापन र कमजोरि ( Dryness/Weakness)
उमेर बढदै जादा सुखापन र कमजोरि हुन्छन्, लचकता घट्छ। त्यसैले बुढा व्यक्तिहरूको आवाज सुक्खा हुने आवाज सानो हुने समस्या देखिन्छ ।
१०. मानसिक आघात वा तनाव (Psychiatric/Functional Dysphonia)
अहिलेको टिनेजरहरु सानोसानो कुराको नि धेरै तनाव जसकारण आवाज बस्ने समस्या बढीरहेको छ। कहिलेकाहीँ कुनै ठूलो मानसिक तनाव, टिनेजरहरु सानो तनाव पनि सहन नस्कनु डर वा भावनात्मक दबाबले पनि आवाज हराउने अवस्था आउछ । शारीरिक मात्र नभई मानसिक तनावले पनि स्वर नियन्त्रणमा असर पुर्याउन सक्छ।
यो कस्तो अवस्थामा जटिल् हुन्छ ?
सामान्य जस्तो देखिने आवाज बस्ने समस्याले कहिलेकाहीँ गम्भीर रोगको संकेत दिन सक्छ— त्यसैले आवाजमा परिवर्तन देखिएमा बेवास्ता गर्नु हुँदैन। यदि आवाज एक/ दुई हप्ताभन्दा बढी लगातार बसेको छ, वा बोल्दा दुखाइ, सास फेर्न गाह्रो, रगत आउनुजस्ता लक्षण देखिए भने तुरुन्त चिकित्सकलाई देखाउनु आवश्यक हुन्छ। आवाज बस्ने समस्या सामान्य देखि क्यान्सर सम्म हुन सक्छ ।त्यसैले समयमै उपचार गर्दा स्वर पुनः सामान्य अवस्थामा फर्काउने र गम्भीर रोगबाट समेत बच्न सकिन्छ।
उपचार
आवाज बस्ने समस्याको उपचार यसको कारणअनुसार फरक–फरक हुन्छ। सामान्य अवस्थामा घरमै स्याहार र विश्रामले नै निको पार्न सकिन्छ, तर दीर्घकालीन वा जटिल अवस्थामा चिकित्सकको सल्लाह लिनु अत्यावश्यक हुन्छ।
धेरैजसो मानिसलाई आवाज बस्नु सामान्य लाग्छ, तर कहिलेकाहीँ यही सामान्य देखिने समस्या गम्भीर रोगको संकेत हुन सक्छ । यदि सामान्य उपचारले निको भएन भने, यो स्वररज्जुमा मासु पलाउने वा क्यान्सरजस्ता रोगको सुरुवाती लक्षण पनि हुन सक्छ। त्यसैले “आवाज बस्नु त सामान्य हो” भनेर बेवास्ता गर्नु हुँदैन। समयमै उपचार लिए स्वर पुनः सामान्य अवस्थामा फर्काउन सकिन्छ र गम्भीर रोगबाट पनि बच्न सकिन्छ।
के कारणले आवाज बस्ने समस्या भएको हो त्यसका उपचारबाट यसको नि उपचार गर्न सकिन्छ जस्तै समस्या ग्यास्ट्रिकका कारण आएको हो भने —पेटमा अम्ल ९एसिड० बढ्ने भएकाले ग्यास्ट्रिक कम गर्ने औषधि र खानपानमा सुधार आवश्यक पर्छ। यदि समस्या पेशा–सम्बन्धी ९जस्तै शिक्षक, गायक, उद्घोषक, वा धेरै बोल्ने पेशा० बाट आएको हो भने — घाँटीलाई बब्राम (विश्राम) दिनु, पानी धेरै पिउनु र स्वरलाई अत्यधिक तन्काउने वा चिच्याउने काम नगर्नु उपयुक्त हुन्छ।
घरेलुउपचार
- अधुवा पनि खाने
- दही, मही, फिरिजको चिजहरु नखाने
- गुनगुना पानी पिउनु
- बेलुकी ननुहाउने
- खाली पेट नबस्ने
- नुन–पानीको कुल्ला गर्ने
- रुघाखोकी बाट बच्ने
- धुवा, धुलो बाट बच्ने
- मास्क लगाए मात्र काम गर्ने
- ५–१० मिनेटसम्म तातो पानीको बाफ लिने
- मह र अदुवा मिसाएर दिनमा २–३ पटक खाने
- घाँटीलाई विश्राम दिने
- धेरै चिल्लो पिरो नखाने
- धुम्रपान र मदिराबाट टाढा रहने
- आवाजको रियाज स् घोक्रो वा स्वरयन्त्र बलियो
- एलर्जी र ग्यास्ट्रिक नियन्त्रणमा राख्ने
आवाज बस्नु सानो कुरा होइन। यदि आवाज ७/१० दिनभन्दा बढी बस्छ वा घाँटी दुख्ने, निल्न गाह्रो हुने, वा कानसम्म पीडा हुने समस्या छ भने तुरुन्त चिकित्सकको सल्लाह लिने।
समस्या आउन नदिन्
- स्वरको दुरुपयोग नगर्ने
- पानी प्रशस्त पिउने
- धुम्रपान र धुवाँबाट टाढा रहने
- ग्यास्ट्रिक नियन्त्रणमा राख्ने
- चिसो पदार्थ कम सेवन गर्ने
- नियमित स्वास्थ्य परीक्षण
- एलर्जीबाट जोगिने
(निसर्ग अस्पतालका नाक, कान तथा घँटी रोग विशेषज्ञ डा. सुमन थापा संग गरेको कुराकानिमा आधारित)