नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड (NCHRC) द्वारा आयोजना गरिएको तथा नेपाल मेडिकल एशोसिएसन (NMA) शाखा, जनकपुरको सहयोगमा सम्पन्न जनकपुर निरन्तर उपचार शिक्षा (CME) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा स्त्रीरोग तथा शल्यकला (Gynae) र टाउको तथा घाँटी (Head & Neck) सम्बन्धी दुई महत्वपूर्ण केसहरू प्रस्तुत गरिएका थिए। प्रस्तुत केसहरूमा NCHRC का विशेषज्ञ चिकित्सकहरूको प्यानलले गहन विश्लेषण, उपचार पद्धति तथा हालैका बहु-विषयगत (Multidisciplinary) अभ्यासबारे विस्तृत रूपमा छलफल गर्नुभयो। NCHRC मा अपनाइने समग्र (Holistic) उपचार दृष्टिकोणलाई पनि कार्यक्रममा सहभागी सबैलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो।
कार्यक्रममा NCHRC का ८ जना विशेषज्ञ चिकित्सक
डा. सुदीप श्रेष्ठ, डा. बिजेश राज घिमिरे, डा. गिसुप निखा प्रासिको, डा. हरि ढकाल, डा. कपेन्द्र शेखर अमात्य, डा. अञ्जु श्रेष्ठ, डा. प्रभात चन्द्र ठाकुर र डा. अमृत कोईराला — ले आफ्नो अनुभव र विशेषज्ञता बाँड्नुभएको थियो, जसले CME लाई अझै समृद्ध बनायो।
यस अवसरमा प्रा.डा.राम नरेश पण्डित (रेक्टर, मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, जनकपुर तथा प्रमुख विशेषज्ञ स्त्रीरोग विशेषज्ञ) ले पनि आफ्नो भनाइ राख्दै ल्ऋज्च्ऋ लाई यस्तो सार्थक तथा प्रभावकारी कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गरे।
जनकपुरमा आयोजित यस CME ले स्थानीय चिकित्सक, स्वास्थ्यकर्मी तथा सहभागीहरूलाई क्यान्सर उपचार, समयमै निदान र सहकार्यपूर्ण उपचार प्रक्रियाबारे महत्वपूर्ण जानकारी प्रदान गरेको छ।
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रले कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सबै सम्माननीय चिकित्सक, आयोजक तथा सहभागीहरू प्रति हार्दिक आभार व्यक्त गर्दछ।