काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले प्रोटोकल अनुसार ८ पटक गर्भ जाँच गराउने गर्भवती महिलाहरूलाई स्वास्थ्य बीमाको प्रिमियम निःशुल्क रुपमा भुक्तानी गरिने जनाएको छ।
मंसिर १० मा जारी गरिएको सूचनाअनुसार, चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअनुसार यस सुविधाको कार्यान्वयन गरिएको हो।
महानगरले मातृ स्वास्थ्य सुरक्षित बनाउन, गर्भवती महिलालाई आवश्यक स्वास्थ्य सेवा नियमित रूपमा लिन सहयोग पु(याउन तथा स्वास्थ्य बीमा कार्यक्रममा सहज पहुँच उपलब्ध गराउन यो पहल गरेको जनाएको छ।
यस योजनाअन्तर्गत सेवा प्राप्त गर्न गर्भवती महिलाले आफ्नो नजिकको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र (Urban Health Promotion Centre) मा गई प्रोटोकलअनुसार नियमित गर्भ/जाँच गराउनुपर्नेछ। निर्दिष्ट ८ पटक गर्भ/जाँच पूरा गरेपछि उनीहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा निःशुल्क आवद्ध गराइनेछ।
स्वास्थ्य विभागले सबै गर्भवती महिलालाई यो सुविधा लिन आग्रह गर्दै नियमित स्वास्थ्य परीक्षणमा जोड दिएको छ।