धरान । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा। सुधा गौतमले देशभरका अस्पतालहरूको प्रत्यक्ष निरीक्षणमार्फत स्वास्थ्य सेवा, औषधि आपूर्ति, बीमा र सार्वजनिक खरिद प्रणालीमा देखिएका कमजोरी सुधार गरिने बताए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्दै उनले मानसिक स्वास्थ्य, श्रमिक लक्षित कार्यक्रम, प्रयोगशाला सेवा र औषधि खरिदसमेतमा प्रणालीगत सुधार अपरिहार्य भएको उल्लेख गरे।
जेनजी आन्दोलनपछि सरकारले पारदर्शी र भ्रष्टाचारमुक्त स्वास्थ्य प्रणालीलाई प्राथमिकता दिएको भन्दै मन्त्री गौतमले अस्पताल सेवाको गुणस्तर, पर्खाइ समय र जनताले भोग्ने असहजता नजिकबाट अध्ययन भइरहेको जानकारी दिए।