सुन्दर र आकार्षक देखिने चाहना सबैलाई हुन्छ । मानिसको सौन्दर्यताको प्रतिक कपाल पनि हो । कपालले मानिसको सौन्दर्यता बढाउँछ । तर जोडोको समयमा कपालमा पर्ने चाँयाले धेरैलाई सताउँछ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो बेला टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन, जसलाई हामी चायाँ भन्छौँ। चाँयाले टाउको पनि अत्याधिक चिलाउने समस्याले पनि सताउँछ ।
मानिसको कपालमा जाडो र गर्मी दुवै मौसममा चाँया पर्ने गर्दछ। चाँया पर्ने समस्या भनेको सामान्य अवस्थामा नै हुन्छ। कपालमा चाँया पर्ने समस्याका कारण अधिकांश मानिस तनावमा हुने गर्दछन्। चाँया दुई तरिकाले आउँछन्। कसैलाई बढी चिल्लोले गर्दा चाँया आउँछ र कसैमा फंगसको इन्फेक्सनले चाँया आउँछ। चाँया अरूबाट पनि सर्ने गर्छ तर फंगसको इन्फेक्सन अरूबाट सर्ने भन्दा पनि आफ्नै शरीरमा हुने इष्ट भन्ने फंगस बढेका कारण चाँया पर्ने हुन्छ । शरीरमा हुने हर्मोन परिवर्तन र वंशाणुगत गुणले पनि चाया पर्ने हुन्छ। चिसोमा हामीले बढी तनाव लिँदा आउँछ। ज्वरो आउँदा वा शरीरमा अन्य केही समस्या देखा परेको छ भने पनि चाँया देखिन्छ।
चाँया पर्ने प्रमुख कारणहरू
गर्मीयामको तुलनामा जाडोयाममा कपालमा चाँयाको समस्या बढी देखिन्छ । यसो हुनुमा मौसम सुख्खा हुनु मुख्य कारण रहेको हुन्छ ।
- त्वचामा ओइल बढी उत्पादन (Sebum overproduction)
– टाउकोको छालामा अत्यधिक तेल उत्पादन हुँदा फंगस (Malassezia) वृद्धि भई चाँया बनाउँछ।
- फंगल संक्रमण (Malassezia fungus)
– टाउकोमा पाइने यो सामान्य फंगस असन्तुलित हुँदा छालाको कोष मर्ने र चाँया झर्ने समस्या हुन्छ।
– नियमित रूपमा कपाल नधुने वा अत्यधिक तेल लगाएर राख्दा छालामा फंगल वृद्धि हुन्छ।
- सुक्खा टाउकोको छाला (Dry scalp)
– चिसो मौसम, अत्यधिक नुहाउने, वा कडा श्याम्पू प्रयोग गर्दा छाला सुक्खा भएर चाँया पर्छ।
– मानसिक तनावले शरीरको हर्मोन सन्तुलन बिगार्छ, जसले छालाको स्वास्थ्यमा असर पार्छ।
- गलत सौन्दर्य उत्पादको प्रयोग
– कडा केमिकलयुक्त श्याम्पू, जेल, वा हेयरस्प्रेले छालामा एलर्जी वा जलन गराउँछ।
– विशेष गरी भिटामिन B, जिंक (Zinc) र ओमेगा-३ फ्याटी एसिडको कमीले टाउकोमा चाँया बढाउँछ।
उपचार
१. सही श्याम्पूको प्रयोग
हप्तामा २–३ पटक एन्टिफंगल श्याम्पू (Ketoconazole, Zinc pyrithione, Selenium sulfide, Coal tar) प्रयोग गर्ने।
२. श्याम्पू छोड्ने तरिका (Step-down method)
समस्या निको भएपछि एन्टिफंगल श्याम्पू तुरुन्तै बन्द गर्नु हुँदैन।
- लक्षण कम भएपछि हप्तामा १ पटक
- फेरि महिनामा १ पटक
- त्यसपछि मात्र पूर्ण रूपमा छोड्ने
३. टाउको सफा राख्ने
धेरै दिन कपाल नधुने बानी त्याग्ने।
४. अत्यधिक तेल नलगाउने
तेल धेरै लगाउँदा फंगल छालामा टाँसिन्छ र समस्या बढ्छ।
समस्या हुन नदिन ध्यान दिनुपर्ने कुराहरु
- धेरै दिनसम्म कपाल नधुने वा अत्यधिक तेल लगाएर राख्दा फंगल बढ्छ।
- पसिना आएको दिन हल्का श्याम्पूले सफा गर्ने।
- सल्फेट(रहित श्याम्पूको प्रयोग गर्ने ।
- अत्यधिक तेल नलगाउने ।
- भिटामिन D, Zinc, ओमेगा–३ युक्त खाना—अण्डा, माछा, दही, बदाम, हरियो साग।
- पानी धेरै पिउने।
- चिसोमा तातो पानीले नुहाउने बानी घटाउने।
- कपाल भिजेको अवस्थामा नटोपल्ने ।
- कन्डिसनर टाउकोको छालामा होइन, केवल कपालमा मात्र लगाउने।
धेरै चिलाउने, रातोपन आउने,टाउकोमा दाग वा घाउ बन्ने र एन्टिफंगल श्याम्पूले २–३ हप्तामा पनि सुधार नआएमा तुरुन्तै छाला रोग विशेषज्ञलाई भेट्ने ।