रुकुम पूर्व । रुकुम पूर्वमा आज एक बालकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
सिस्ने गाउँपालिका–३, पोखराका ७ वर्षीय प्रतुस केसी घरको बार्दलीमा खेल्ने क्रममा अचानक करिब ७ फिट माथिबाट खसेर घाइते भएपछि परिवारले तत्काल अस्पताल पुर्याएका थिए।
जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप विशेषज्ञ उपचार आवश्यक ठहरिएपछि नेपाली सेनाको NA066 हेलिकप्टरमार्फत उनलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते बालकको दाहिने खुट्टाको घुँडामाथिको हड्डी भाँचिएको भए पनि समग्र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ।