चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा शर्मा गौतमले सरकारले एसइईपछि हुने पिसिएल नर्सिङलाई पुनः सञ्चालन गर्ने तयारी थालिएको बताएका छन्।
भरतपुर अस्पतालको ट्रमा सेन्टर तथा कम्पाउण्डिङ फार्मेसी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अस्पतालहरूमा स्टाफ नर्सको अभाव भएकाले अनुमति प्रक्रिया अघि बढाइरहेको बताइन्। उनका अनुसार ठूला मेडिकल कलेज तथा आफ्नै अस्पताल भएका कलेजलाई अध्यादेशमार्फत अनुमति दिने तयारी छ। मन्त्रालयले मानसिक स्वास्थ्य, श्रमिक, महिला तथा बालस्वास्थ्यलाई प्राथमिकतामा राख्दै सात विषयमा संरचनात्मक सुधार अघि बढाइरहेको समेत उनले बताइन्।
कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार अपरिहार्य रहेको बताए ।
ट्रमासेन्टर ११ करोड लागतमा निर्माण भएको र २ करोड ५० लाख बराबर उपकरण राखिएको अस्पताल विकास समितिले जानकारी दिएको छ। १५ श्ययाबाट सुरु गरिएको ट्रमासेन्टरलाई विस्तार गरी ५० श्यया पुर्याउने लक्ष्य छ।