काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब आफ्ना मूलभूत सेवाहरू सिंहदरबारभित्रबाटै सञ्चालन गर्न थालेको छ। रामशाहपथस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को भवनमार्फत प्रदान हुँदै आएका सेवा २०८२ मंसिर २३ गतेदेखि सिंहदरबारबाट प्रवाह भइरहेको मन्त्रालयले जानकारी गराएको छ।
मन्त्रालयले जारी गरेको सूचनामा केही महाशाखा, शाखा र इकाइका सेवाहरू भने अहिले पनि साबिककै स्थानबाट उपलब्ध भइरहेको उल्लेख छ। आवश्यक भौतिक संरचना र व्यवस्थापन पूरा गरेपछि सबै सेवाहरू क्रमशः सिंहदरबारबाटै सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सबै सेवाग्राही, निकाय र सरोकारवालालाई परिवर्तनबारे जानकारी राख्न आग्रह गरेको छ।