काठमाडौँ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बुधबार(आज) देखि तीन महिनाको मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन देखि फागुन ३० गतेसम्म तीन महिनाको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ। पछिल्लो समयमा सबै तहमा बढ्दै गएको तनाव र मानसिक समस्यालाई ध्यानमा राख्दै अभियान सुरु गरिएको केन्द्रले जानकारी दिएको छ।
केन्द्रकी निर्देशक डा राधिका थपलियाले तनाव वृद्धि भएका परिस्थितिमा मानसिक स्वास्थ्यबारे खुला रूपमा कुरा गर्न आवश्यक रहेको बताउँदै अभियानले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
केन्द्रका वरिष्ठ प्रशासक उपेन्द्र ढुङ्गानाले प्रत्येक महिनामा फरक विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।
विश्व स्वास्थ्य सङ्गठनका मनोचिकित्सक डा केदार मरहट्टाका अनुसार नेपालमा हरेक १० जनामध्ये एक जनालाई मानसिक समस्या देखिने गरेको छ। नेपाल प्रहरीका तथ्याङ्कअनुसार आव २०८१र८२ मा सात हजार ५५ जनाले मानसिक समस्याका कारण ज्यान गुमाएका थिए।