धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भारतको पोंडीचेरीस्थित श्री बालाजी विद्यापिठ विश्वविद्यालयबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
गत मंसिर २५ गते सम्पन्न सम्झौताअनुसार दुवै संस्थाबीच शिक्षक–विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान, निरन्तर चिकित्सा शिक्षा, चिकित्सा शिक्षामा नवीन अभ्यास प्रवर्द्धन तथा सांस्कृतिक आदानप्रदानका कार्यक्रम सञ्चालन गरिनेछ।
प्रतिष्ठानको उपकुलपति कार्यालयमा भएको हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा। डा। संजिव कुमार शर्मा, डीन प्रा। डा। शिवेन्द्र झा लगायत सहभागी थिए। विश्वविद्यालयका तर्फबाट निर्देशक प्रा। डा। एम। शिवाशक्ति प्रत्यक्ष उपस्थित रहनुभएको थियो भने उपकुलपति प्रा। डा। एन। आर। विश्वाससहित अन्य पदाधिकारी भर्चुअल माध्यमबाट जोडिएका थिए।
समझदारीपत्रमा प्रतिष्ठानका तर्फबाट प्रा। डा। संजिव कुमार शर्मा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा। डा। श्रीनिवासनले हस्ताक्षर गरे। दुवै संस्थाको सहकार्यले चिकित्सा शिक्षा र अनुसन्धानमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।