बाँके। नरैनापुर गाउँपालिकाले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी हुँदै गएको छ। अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरूले सबै ६ वडामा घरदैलो सेवा प्रदान गर्दै नागरिकको स्वास्थ्य परीक्षण, परामर्श र सचेतनामूलक काम गर्दै आएका छन्।
कार्यक्रमले गर्भवती, सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र मानसिक स्वास्थ्य समस्या भएका नागरिकसम्म सेवा पुर्याउँदै स्वास्थ्य पहुँच सुधार्न सहयोग गरेको छ। स्थानीयवासीहरूले स्वास्थ्यकर्मीको सक्रिय उपस्थितिले आफू सुरक्षित महसुस गर्न थालेको बताउँछन्। गाउँपालिकाले अभियानलाई विस्तार गरी दीर्घकालीन स्वास्थ्य सुधारमा योगदान पुर्याउने तयारी गरेको छ।