नयाँ दिल्ली ।भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा डिसेम्बर १७ (आज ) देखि १९ सम्म पारम्परिक चिकित्सासम्बन्धी दोस्रो विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ग्लोबल समिट आयोजना हुने भएको छ।
आयुष राज्यमन्त्री ९स्वतन्त्र प्रभार० प्रतापराव जाधवका अनुसार सन् २०२३ मा गुजरातमा पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि भारतले दोस्रो ग्लोबल समिट आयोजना गर्ने अवसर पाएको हो। उनले यो सम्मेलन पारम्परिक चिकित्सालाई आधुनिक स्वास्थ्य प्रणालीको मूलधारमा ल्याउने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताए। सम्मेलन भारतको “सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः” भन्ने समग्र स्वास्थ्य दर्शनसँग मेल खाने उनको भनाइ छ।
यस वर्षको सम्मेलनको विषय “सन्तुलन पुनर्स्थापित गर्दैस् स्वास्थ्य र कल्याणको विज्ञान र अभ्यास” तय गरिएको छ। उक्त विषयअन्तर्गत मन्त्रीहरू, नीति निर्माता, विश्वव्यापी स्वास्थ्य क्षेत्रका नेतृत्वकर्ता, अनुसन्धानकर्ता, उद्योग प्रतिनिधि तथा चिकित्सकहरूबीच विविध छलफल हुनेछन्। सम्मेलनमा नेपालसहित १०० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
नेपालस्थित भारतीय दूतावासले पनि भारत र नेपालबीच आयुर्वेदलगायत पारम्परिक चिकित्सामा ज्ञान, विशेषज्ञता आदान–प्रदान तथा क्षमता विकासका माध्यमबाट सहकार्य भइरहेको जनाएको छ।
समिटको क्रममा आयुष मन्त्रालयले भारतको प्रख्यात औषधीय वनस्पति अश्वगन्धा केन्द्रित विशेष साइड इभेन्ट आयोजना गर्ने जनाएको छ। उक्त कार्यक्रममा परम्परागत ज्ञानसँगै आधुनिक वैज्ञानिक अनुसन्धानका उपलब्धिहरू प्रस्तुत गरिनेछ।
मन्त्री जाधवका अनुसार आयुर्वेद, योग तथा नेचुरोप्याथी, युनानी, सिद्ध, सोवा–रिग्पा र होमियोप्याथीजस्ता आयुष प्रणालीहरूले विश्वस्तरमा मान्यता पाइरहेका छन्। जामनगरमा डब्ल्यूएचओ ग्लोबल ट्रेडिशनल मेडिसिन सेन्टरको स्थापना हुनु भारतको पारम्परिक ज्ञान प्रणालीप्रतिको अन्तर्राष्ट्रिय विश्वासको प्रतीक भएको उनले बताए।