काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को ३०औँ केन्द्रीय कार्यकारिणी समितिका लागि चिकित्सकहरू चुनावी मैदानमा छन् । संघको निर्वाचनमा यतिबेला चिकित्सक छुट्टाछुट्टै समूह बनाएर मैदानमा उत्रिएका छन् । एनएमएको १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि यसपटक डा. बद्री रिजाल, डा. मंगल रावल र डा.नारायण भुषाल नेतृत्वका तीन प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
डा. बद्री रिजाल प्यानल
डा रिजाल नेतृत्वको समूहबाट अध्यक्ष पदमा डा. बद्री रिजाल उम्मेदवार छन् । वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दुवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल रहेका छन् ।
प्रदेश संयोजकसमेत उपाध्यक्ष पदमा कोशी प्रदेशबाट डा।.रोशन खड्का, मधेश प्रदेशबाट डा. अमित रञ्जन मिश्र, बागमतीबाट डा. सुवास भट्टराई, गण्डकीबाट डा. नवराज लम्दारी, लुम्बिनीबाट डा. नन्दा गुरुङ, कर्णालीबाट डा. सोभित र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी उम्मेदवार छन् ।
सदस्य पदमा डा परशुराम घिमिरे, डा. राकेश साह, डा. सुमेध मिश्र, डा. बिना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. हिमलाल भण्डारी रहेका छन् । डा. दुवाडीले यसअघि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे पनि संस्थापन पक्षको सहमतिपछि डा. रिजाल–डा. तिवारी टिमसँग मिलेर महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।
डा. मंगल रावल प्यानल
डा. मंगल रावल नेतृत्वको टिमबाट वरिष्ठ उपाध्यक्षमा डा. किर्तीपाल सुवेदी, महासचिवमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चाँदनी जयसवाल, सहसचिवमा डा. रामजीवन प्रसाद र सह–कोषाध्यक्षमा डा. सुवास गुरुङ उम्मेदवार छन् ।
प्रदेश संयोजकसमेत उपाध्यक्ष पदमा कोशीबाट डा. टंक बाराकोटी, मधेशबाट डा. उदय नारायण सिंह, बागमतीबाट डा. अरुण शाही, गण्डकीबाट डा. यज्ञराज सिग्देल, लुम्बिनीबाट डा. सन्तोष पोखरेल, कर्णालीबाट डा. रविन खड्का र सुदूरपश्चिमबाट डा. निरज अर्याल रहेका छन् । सदस्यमा डा. अमित झा, डा अरुण उप्रेती, डा. निराजन तामाङ, डा. जेविना अन्सारी, डा. दीक्षा बोहरा र डा. पल्पसा श्रेष्ठ छन् ।
डा. नारायण भुषाल प्यानल
डा. नारायण भुषाल नेतृत्वको टिमबाट अध्यक्षमा डा. नारायण भुषाल, वरिष्ठ उपाध्यक्षमा डा. अजयकुमार मिश्र, महासचिवमा डा. अमित भुषाल र सहसचिवमा डा. सन्तोष अधिकारी उम्मेदवार छन् । प्रदेश संयोजकसमेत उपाध्यक्ष पदमा कोशीबाट डा. हरिशंकर कार्की, मधेशबाट डा. मोहम्मद आनामुल हक, बागमतीबाट डा. एकानन्द सिंह, लुम्बिनीबाट डा. लक्ष्मण शर्मा र कर्णालीबाट डा. अनुप समाल रहेका छन् ।
सदस्य पदमा डा. विजयकुमार शाह, डा. शेषराज घिमिरे, डा. विनोदकुमार महाशेठ, डा. जीवन क्षेत्री, डा. भवानी शिल्पकार र डा. आरती शाह उम्मेदवार छन् ।
निर्वाचन तालिका र राजनीतिक पृष्ठभूमि
निर्वाचन कार्यतालिका अनुसार काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान हुनेछ ।राणा शासनको अन्त्यसँगै २००७ साल फागुन २० गते स्थापना भएको नेपाल चिकित्सक संघ देशकै पुरानो पेसागत संगठन हो । सात दशकभन्दा लामो इतिहासमा संघको नेतृत्व प्रायः प्रजातान्त्रिक ९कांग्रेस निकट० समूहको वर्चस्वमा रहँदै आएको छ ।
यसपटक भने प्रगतिशील र रूपान्तरणको एजेन्डा बोकेका समूहहरू बलियो रूपमा मैदानमा उत्रिएका छन् । संघलाई पारदर्शी बनाउने, चिकित्सकहरूको विश्वास पुनःस्थापित गर्ने र स्वास्थ्य नीतिमा प्रभावकारी भूमिका खेल्ने विषयलाई मुख्य एजेन्डा बनाएर उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा होमिएका छन् । ३०औँ कार्यकारिणी समितिको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।