काठमाडौं– मुखसम्बन्धी रोगहरू धेरै हदसम्म रोकथाम गर्न सकिने भए पनि विश्वभर ठूलो संख्यामा मानिसहरू यसबाट प्रभावित छन्। विश्व स्वास्थ्य संगठनका अनुसार मुख स्वास्थ्य भन्नाले मुख तथा अनुहारको दुखाइ, मुख र घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मजात ओठ तथा तालु चिरेको अवस्था (खुँडे), गिजासम्बन्धी रोग, दाँत किरा लाग्ने, झर्ने, प्वाल पर्ने लगायत सबै मुखसम्बन्धी समस्याबाट मुक्त अवस्था हो।
मुख स्वास्थ्यले समग्र स्वास्थ्यमा पार्ने प्रभाव, देखिने लक्षण र बच्ने उपायबारे दन्तरोग विशेषज्ञ तथा ओम समाज डेन्टलका सञ्चालक डा. सुवास घिमिरेसँग गरेको कुराकानीका मुख्य अंशः
सामान्य भाषामा मुख स्वास्थ्य भन्नाले के बुझिन्छ ?
मानिसको मुख सम्पूर्ण स्वास्थ्यको मूल ढोका हो । मुख भन्ने बित्तिकै प्रमुख द्धारका रुपमा लिइन्छ । मुख स्वास्थ्य भनेकै सम्पूर्ण शरीरको हेरचाह गर्ने हो वा मुख स्वास्थ्यले मुख्य गेटको रुपमा काम गरिरहेको हुन्छ ।
मुख स्वास्थ्य नै अस्वस्थ हुँदा मुटु रोग, पेट सम्बन्धि विभिन्न किसीमका रोग, मिर्गौलामा समस्या, गर्भवती महिला छन् भने बच्चा कमजोर भएर जन्मने, हाडजोर्नीको समस्या, उच्च रक्तचाप, मधुमेह र फोक्सोसम्बन्धी रोगहरु मुख स्वाथ्यलाई हेरचाह गर्न सकिएन भने लाग्छ ।
त्यस्तै जन्मेको बच्चाको तौल कम हुने देखि लिएर सम्पूर्ण शरीरको अनुगमन गर्ने काम गर्छ । त्यसकारण मुख स्वास्थ्यले दाँतको मात्र नभएर सम्पूर्ण स्वास्थ्यसँग सम्बन्धित रहेर ख्याल गर्ने नै मुख स्वास्थ्य हो, यो सम्पूर्ण स्वास्थ्यसँग जोडिएको विषय हो।
दाँत राम्रोसँग सफा नगर्दा के समस्या आउँछन् ?
राम्रो सँग ब्रस गरिएन वा दाँत स्वास्थयको हेरचाह गर्न सकिएन भने दाँत कमजोर हुने, गिजामा समस्या आउन सक्छ । यी समस्याहरु बढ्दै जादाँ दाँत हल्लिने, दाँत सड्ने, झर्ने, टुटो हुने , दुख्ने, सुनिन्ने विभिन्न प्रकारका घाउँहरुको विकास हुने हुन सक्छ । त्यस्तै यी समस्याहरु बढ्दै गएपछि दाँतहरु एकैनास नहुने र टोक्दा जोइन्टहरुमा पनि समस्याहरु आउँने हुन्छन्। यी समस्याहरुले साना देखि लिएर ठुला समस्याहरु निम्त्याउँने गर्छ ।
दाँतकै विषयमा कुरा गर्दा राम्रोसँग सफा नगर्दा संक्रमण हुने र रगतको माध्यम हँदै मुटु, टाउको हुदै शरीरका विभिन्न भागहरुमा ब्याक्टेरियाहरु जाने हुन्छन् । जसले गर्दा हार्टअट्याक हुने, टाउको दुख्ने, जोड्नीहरु दुख्ने वा ठुला ब्याक्टेरियाहरु रगतमा फैलिदा विभिन्न किसीमका समस्याहरु फैलाउदै जाने हुन्छ । समयमै मुखमा भएका समस्याहरुको परिक्षण नगराउँदा शरीरिक रोगले गाज्दै लैजाने गर्छ ।
मुख स्वास्थ्यमा कुन–कुन अंग पर्छन् ?
मुख स्वास्थ्यमा दाँत, जिब्रो, ओठको भित्री भाग, गाला, तालु र पछाडिपट्टिको नरम मासु सबै समावेश हुन्छन्। यी सबै भाग स्वस्थ रहनु अत्यन्त आवश्यक छ।
मुख स्वास्थ्य बिग्रँदा देखिने लक्षण
- दाँतमा किरा लाग्नु,
- खादा गाह्रो हुने,
- चिसो तातो खादा दुख्ने वा समस्या देखिने,
- गीजाबाट रगत आउँने,
- मुख गन्हाउने,
- विस्तारै दाँतमा समस्या बढ्दै जादा दुख्ने सम्म पनि हुन सक्छ ।
- दाँग हल्लेको अनुभव हुने,
- राती मुख चलाउने (दाँत किट्ने)
- गिजाबाट रगत आउँने,
हाम्रो शरीरमा लाग्ने लगभग ९० प्रतिशत रोगहरु मुख स्वास्थ्य राख्दा लाग्दैन । मुख स्वस्थ्य राख्दा शरीर नै स्वस्थ्य हुने हुन्छ । त्यस्तै मुख भित्र स–साना घाउँहरु आउँने हुन्छन् यी घाउँहरु १२-१३ दिनमा आफै ठिक भएन भने चिकित्सकलाई देखाउँनु पर्ने हुन्छ । एका तिरको दाँतको भागले मात्र टोक्न सक्ने भएमा बिस्तारै टाउको दुख्ने समस्याहरु निम्त्याउँन सक्छ ।
मुख स्वस्थ राख्न अपनाउनुपर्ने ४ मुख्य उपाय
१. नियमित व्यायाम
व्यायामले मुख मात्र होइन, सम्पूर्ण शरीरलाई स्वस्थ राख्छ।
२. खानपानमा ध्यान
जंकफुड, अत्यधिक गुलियो र सुर्तिजन्य पदार्थ त्याग्नुपर्छ। प्रशस्त पानी, फलफूल ९विशेषगरी स्याउ० खानु फाइदाजनक हुन्छ।
३. मिठो बोली र सकारात्मक सोच
नरम र सकारात्मक बोलीले मानसिक स्वास्थ्य राम्रो राख्छ, जसको प्रत्यक्ष प्रभाव शारीरिक स्वास्थ्यमा पनि पर्छ।
४. दिनको दुई पटक ब्रस
मुख भनेको हाम्रो शरीर भित्र रोगहरु जाने प्रमुख बाटो हो । यसबाटो हँदै राम्रो नराम्रो दुबै कुराहरु जाने गरेको पाइन्छ । त्यसकारण यसलाई सफा राख्दै दिनको २ पटक ब्रस गर्नु पर्ने हुन्छ । तर कुनै पनि व्यक्तिलाई केहि रोग छ भने प्रत्येक पटक खाना खाइसकेपछि ब्रस गर्नु पर्ने हुन्छ । नरम ब्रस प्रयोग गरी दिनमा कम्तीमा दुई पटक ब्रस गर्नुपर्छ। ३–६ महिनामा एकपटक डेन्टल जाँच अनिवार्य गर्नुपर्छ।