काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा। सुधा गौतमले नरदेवीस्थित आयुर्वेद चिकित्सालयलाई देशकै केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। चिकित्सालयको स्थलगत अवलोकनपछि उनले आयुर्वेद स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र विश्वासलाई राष्ट्रिय स्तरमा विस्तार गर्न यस अस्पताललाई देशभरका आयुर्वेद संस्थाको रिफर ९प्रेषण० केन्द्र बनाइनुपर्ने बताए।
मन्त्री गौतमले आयुर्वेद उपचारलाई आधुनिक स्वास्थ्य प्रणालीसँग समायोजन गर्दै अत्याधुनिक र सुविधा सम्पन्न संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। “आयुर्वेद केवल वैकल्पिक चिकित्सा होइन, यो जीवनशैलीसँग जोडिएको वैज्ञानिक उपचार पद्धति हो,” उनले भने। आयुर्वेद उपचारसँगै योग र ध्यानलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै उनले स्वस्थ जीवनशैली, आहार–विहार र व्यवहारसम्बन्धी ज्ञान आम नागरिकसम्म पुर्याउनुपर्ने धारणा राख्ने।
स्वास्थ्य बिमा कार्यक्रमको सुधार अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री गौतमले बिमामार्फत आयुर्वेद उपचारलाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। आयुर्वेद सेवाहरूलाई स्वास्थ्य बिमाको दायराभित्र ल्याउने विषयमा सरकार गम्भीर रूपमा लाग्ने उनको भनाइ छ।
अवलोकनका क्रममा चिकित्सालयका निर्देशक डा। वासुदेव उपाध्यायले अस्पतालको सेवा प्रवाह, जनशक्ति अवस्था र उपलब्ध सुविधाबारे मन्त्रीलाई जानकारी गराए।
वि।सं। १९७४ मा स्थापना भएको आयुर्वेद चिकित्सालय हाल १०० शय्यामा सञ्चालनमा छ। यहाँ २४ घण्टा नर्सिङ सेवासहित बिरामी जाँच, निःशुल्क औषधि वितरण तथा विशेषज्ञ आयुर्वेद र वैकल्पिक चिकित्सा उपचार सेवा प्रदान हुँदै आएको छ।