जाडो मौसममा बालबालिका चिसो, संक्रमण र कुपोषणको जोखिममा पर्न सक्छन्, त्यसैले उनीहरूको विशेष स्याहार आवश्यक हुन्छ । विशेष गरेर ५ वर्षमुनिका बालबालिकालाई निमोनियाको संक्रमण सबैभन्दा बढी हुनेगरेको पाइन्छ । यो उमेरसमुहका बालबालिकाको मृत्युको पहिलो कारक पनि निमोनिया नै हुने गरेको छ । निमोनिया फोक्सोमा हुने एक प्रकारको संकमण हो । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने लगायतका समस्या देखा पर्छन । कतिपय अवस्थामा निमोनियाले मृत्यु पनि हुन सक्छ ।
आज हामी जाडो महिनामा बालबालिकाकाहरुलाई कसरि स्याहार गर्ने भन्ने छ हेरौ कसरि गर्ने सकिन्छ जाडोमा बालबालिकाको स्याहार गर्ने केही महत्वपूर्ण उपायहरू यसप्रकार छन्–
- जाडो भयो भनेर बालबालिकालाई बाक्ला तथा धेरै लुगा लगाइदिनु हुँदैन । त्यसो गर्दा बालबालिकालाई पसिना आएर शरीरमै पसिना सुकेर चिसो लाग्न सक्छ, जसले गर्दा रुघाखोकीले सताउँछ । बालबालिकालाई तह–तहमा न्यानो कपडा लगाइदिने । टाउको, कान, घाँटी, हातखुट्टा राम्रोसँग ढाक्ने टोपी, मोजा र पञ्जा प्रयोग गर्नु उपयोगी हुन्छ ।
- धेरै चिसोमा हरेक दिन नुहाउनु आवश्यक हुँदैन । नुहाएपछि तुरुन्तै शरीर राम्ररी सुकाएर न्यानो कपडा लगाइदिने ।
- तातो, सुपाच्य र पोषणयुक्त खाना जस्तै सूप, दलिया, झोलिलो तरकारी, दूध र अण्डा खुवाने । पानी पनि न्यानो बनाएर पिउन दिनु राम्रो हुन्छ ।
- साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउनुपर्छ । यसबाट उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ ।
- मौसमी फलफूल तातो पानीले पखालेर मात्र ख्वाउनुपर्छ ।
- रुघाखोकी, ज्वरो देखिए तुरुन्त उपचार गराउनुहोस् ।
- रुघा लागेका बेला नरम कपडा मनतातो पानीले भिजाएर नाक सफा गरिदिनुपर्छ ।
- घाममा राखेर तोरी वा नरिवलको तेलले मालिस गरिदिनुपर्छ ।
- हावा नछिर्ने, सफा र न्यानो कोठामा सुत्न व्यवस्था गर्नु बालबालिकाको स्वास्थ्यका लागि आवश्यक छ ।