काठमाडौँ । जाडोयाममा आगो ताप्दा, हिटर वा गिजर प्रयोग गर्दा विशेष सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जाडोमा न्यानो हुन प्रयोग गरिने उपकरणमा लापरबाही गर्दा आगलागी तथा दमघोट्ने जस्ता गम्भीर दुर्घटना हुनसक्छन्। त्यसैले आगो वा हिटर बाल्दा हावा ओहोरदोहोर हुने व्यवस्था गर्न, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न र ज्वलनशील सामग्री नजिक नराख्न अनुरोध गरिएको छ।
त्यसैगरी हिटर समय–समयमा बन्द गर्न, सुत्नुअघि अनिवार्य निभाउन तथा गिजरको मुख्य मेसिन बाथरुम बाहिर जडान गरी लामो समयसम्म बाथरुममा नबस्न मन्त्रालयले सबैलाई सचेत गराएको छ।