काठमाडौं - जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरु हुने गर्दछन् । त्यसमध्ये छाला सुख्खा हुने समस्या एक हो । जाडो मौसममा चिसो हावा चल्छ । त्यस क्रममा बालबालिकाको कोमल छालालाई विशेष ध्यान दिन आवश्यक छ । वास्तवमा बालबालिकाको छाला वयस्क व्यक्तिको छाला भन्दा ६ गुणा बढी नाजुक हुन्छ । सही हेरचाहले उनीहरुमा रेडनेस र र्यासेस हुने सम्भावना हुँदैन । त्यसैले जाडोमा बालबालिकाको छाला सुख्खा हुन नदिन यस्ता उपाय अपाउनुपर्ने हुन्छ ।
जाडोमा बालबालिकाको छाला सुख्खा हुन नदिन के गर्ने ?
- नुहाउँदा धेरै तातो पानी प्रयोग नगर्ने
- नुहाएपछि ३–५ मिनेटभित्र मोइस्चराइजर वा बेबी लोशन लगाउने
- पेट्रोलियम जेली, सेरामाइडयुक्त वा बेबी क्रीम प्रयोग गर्ने
- दिनमा २–३ पटकसम्म छाला सुख्खा देखिने भागमा क्रीम लगाउने
- धेरै पटक साबुन प्रयोग नगर्ने, माइल्ड बेबी साबुन मात्र प्रयोग गर्ने
- नुहाउने समय छोटो राख्ने
- प्रशस्त पानी र झोल पदार्थ खुवाउने
- मौसमअनुसार न्यानो, नरम कपासका लुगा लगाइदिने
- ओठ फुट्न नदिन बेबी लिप बाम लगाइदिने
- कोठाभित्र हिटर प्रयोग गर्दा अत्यधिक सुक्खा हावा हुन नदिन ध्यान दिने
- छालामा र्यास, चिलाउने वा रातोपन बढेमा चिकित्सकको सल्लाह लिने
- बालबालिकालाई १० मिनेट भित्र नुहाइदिसक्ने
- साबुन रहित बेबि वास प्रयोग गर्ने
- नुहाइसकेपछि रुमालले पानि मात्र सोसदिने रफ नगर्ने
- लोसनको सट्टा क्रिमको प्रयोग गर्ने
- नुहाइसकेपछि मोस्चराइजर प्रयोग गर्ने प्रतिदिन दिनको २ पटक प्रयोग गर्ने