बाँके । जाडो बढ्दै जाँदा बाँके जिल्लाका अस्पतालहरूमा रगतको गम्भीर अभाव देखिएको छ। चिसो मौसमका कारण रक्तदानमा सहभागिता घटेपछि संकलन मागअनुसार हुन सकेको छैन।
नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीका अनुसार दैनिक आवश्यक पर्ने रगत उपलब्ध नहुँदा बिरामीको उपचार प्रभावित भएको छ। भेरी अस्पताल र कोहलपुर शिक्षण अस्पतालमा रगत नपाएर उपचार रोकिएको गुनासो बढ्दै गएको छ। हाल नेपालगन्ज, कोहलपुर र खजुरामा माग उच्च भए पनि संकलन कम छ। रक्तसञ्चार केन्द्रले अभाव न्यूनीकरणका लागि नियमित रक्तदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।