जाडो मौसममा शिशु तथा बालबालिकाको स्वास्थ्यमा अनेक खालका समस्या देखिन थाल्छन् । नवजात शिशु तथा बालबालिकाले आफ्ना स्वास्थ्य समस्या व्यक्त गर्न नसक्ने भएकाले चिसो मौसममा उनीहरूको स्वास्थ्य अवस्थाबारे अभिभावकले थाहा नपाएको खण्डमा जटिल रुप लिन सक्ने यस्तो अवस्थामा नवजात शिशुलाई कसरी जोगाउने ? आमाबुवाको लागि टाउको दुखाईको विषय हुनसक्छ । जाडोमा बालबालिकामा देखिने स्वास्थ्य समस्या के-के हुन् ? यि समस्याबाट कसरि जोगाउने ? यसै बारेमा निसर्ग हस्पिटलका बालरोग विशेषज्ञ डा दिपक पौडेलसँग गरेको कुराकानी आधारित्:
चिसोमा बच्चामा देखिने स्वास्थ्य समस्या
चिसोयाममा सानो हेलचेक्रयाइँका कारण पनि बालबालिकाको स्वास्थ्यमा ठूलो समस्या आउन सक्छ। यो मौसममा बालबालिकामा विशेषगरी भाइरल संक्रमणका कारण बच्चामा अचानक ज्वरो आउने, टाउको दुख्ने, निरन्तर खोकी लाग्ने, छाती दुख्ने, शरीर दुख्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्नेलगायत लक्षण देखिन्छन् । सुरुमा रुघाखोकी लाग्छ । तर, यसलाई बेवास्ता गर्दा निमोनियाको देखिने जोखिम पनि रहन्छ ।
मुख्य स्वास्थ्य समस्या
- रुघाखोकी,
- निमोनिया,
- दम, ब्रोङकियोलाइटिस
- झाडापखाला
- सिजनल फ्लु
- कान पाक्ने
- छाला सुखा हुने
- पिनास हुने
- कपालका चायाका कारण आखामा इन्फेक्सन हुने
जाडोमा किन बालबालिका छिटो छिटो बिरामि हुन्छ ?
जाडोमा न्यानो बनाउन धेरै लुगा लगाइदिने गरिन्छ । यसले गर्दा बच्चाको शरीर गुम्सने र पसिना आउने हुन्छ । पसिनाले बच्चालाई अझ बढी चिसो लाग्छ ।
- भाइरस र ब्याक्टेरिया छिटो छिटो फैलिन्छ
- एउटै कोठामा धेरै गुम्सियर बस्दा ताजा हावा लिन नपाउदा
- धुलो, धुवाँ र आगोको धुवाँले
- चिसोका कारण शरीरको प्रतिरक्षा शक्ति कमजोर हुने भएकाले
- सरसफाइमा कमी हुनु
- साना बालबालिकाको प्रतिरक्षा प्रणाली पूर्ण विकसित नहुनु
नवजात शिशुलाई चिसोमा विशेष ख्याल गर्नुपर्छ। जति सानो बच्चा हुन्छ उसको छाला पातलो हुने भएकाले त्यतिनै जोखिमपुर्ण हुन्छ तर उमेर बढदै जादा बच्चा वातावरणमा घुलमिल हुन थाल्छ र जोखिम पनि कम हुन्छ ।
चिसो लागेको कसरी थाहा पाउने ?
बच्चालाई चिसो लागेको छ कि छैन भन्ने कुरा केही शारीरिक संकेतबाट थाहा पाउन सकिन्छ। नवजात शिशुको हात, खुट्टा र ढाड असामान्य रूपमा चिसो भएमा शरीरको तापक्रम घटिरहेको संकेत हुन सक्छ, जसलाई ‘सिताङ्ग’ भएको अवस्था मानिन्छ। यो अवस्था गम्भीर मानिने भएकाले तत्काल ध्यान दिनु आवश्यक हुन्छ।
साना बच्चामा चिसो लाग्दा सामान्यतया अलिअलि ज्वरो आउने, नाकबाट सिंगान बग्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, श्वासप्रश्वासमा समस्या देखिनुका साथै श्वास फेर्दा घ्यारघ्यार आवाज आउने वा कोखा हान्ने जस्ता लक्षण देखिन सक्छन्। केही बच्चामा श्वास फेर्न गाह्रो हुने समस्या पनि देखिन्छ, विशेष गरी दम भएका बालबालिकामा यस्तो जोखिम बढी हुन्छ।
चिसो मौसममा भाइरल संक्रमणका कारण बच्चामा पातलो दिसा आउने समस्या पनि देखिन सक्छ। भाइरल डायरिया हुँदा सामान्यतया अलिअलि ज्वरो आउने र पटक–पटक पातलो दिसा लाग्ने हुन्छ। तर यदि पातलो दिसासँगै रगत देखिएमा त्यो ब्याक्टेरियाजन्य संक्रमणको संकेत हुन सक्छ।
डा। पौडेलका अनुसार भाइरल इन्फेक्सन हुँदा बच्चाहरूको शरीर दुख्ने, टाउको दुख्ने, ज्वरो आउने तथा रुघाखोकीजस्ता लक्षण देखिन्छन्। यस्ता संकेत देखिएमा बच्चालाई चिसोबाट जोगाउने, न्यानो राख्ने र आवश्यक परे स्वास्थ्यकर्मीको सल्लाह लिनु महत्त्वपूर्ण हुन्छ।
चिसो मौसममा बालबालिकाको हेरचाह कसरी गर्ने ?
- ६ महिना माथिका सबैले फ्लुको खोप लगाउने।
- आमाको दुध खाने बच्चालाई दुध चुसाउने ।
- बच्चाको सर-सफाईमा विशेष ध्यान दिने ।
- बाहिरि वतावरणको हिसाबमा लुगा लगाइ दिने ।
- तातो पानी, सुप वा झोलयुक्त पदार्थ सेवन गर्ने ।
- बच्चालाई भेट्नुअघि हात अनिवार्य धुनुपर्छ ।
- बच्चालाई बाक्लो भन्दा पनि तहतह पारि कपडा लगाउने र सबैभन्दा तल कटनको कपडा लगाउने जसले पसिना सोक्छ।
- ज्वरो आएको समयमा पातलो लुगा लगाउने ज्वरो समान्य भएपछि बाक्लो लुगा लगाउने ।
- बच्चा सुत्ने बेला सिरक फाले पनि जाडो नहुने गरि लुगा लगाइ दिने ।
- कोइला, दाउराको प्रयोग नगर्ने ।
- हिटर र एसी प्रयोग गरेको बेला सुक्खापन हुन नदिन ह्युमिडिफायर (Humidifier) प्रयोग गर्ने
- नाक सुख हुन नदिन स्लाइन (नुनपानी) को थोपा प्रयोग गर्ने ।
- टोपी, पन्जा र मोजा लगाइदिने ।
- संक्रमित ब्यक्तिलाई भेट्दा वा सम्पर्कमा आउदा विशेष सावधानि अपनाउने।
- सबै एकै ठाउँमा गुम्सिएर नबस्ने कोठामा हावाको आवतजावतको बेवस्था गर्ने ।
- बच्चालाई ६ महिनापछि आमाको दूधका साथै पोषिलो खानाको मात्रा पुर्याएर खुवाउने ।
- नियमित सबै खोप लगाउने।
- पोषक तत्वको नाममा बजारमा पाइने भन्दा घरमै बनेको खानेकुरा खाने ।
आफुखुसी औषधि खुवाउँनु हुदैन् यसले शरीरमा नकारात्मक असर पर्न सक्छ।