वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वास्थ्य सेवालाई ग्रामीण तथा विपन्न वर्गको पहुँचमा पुर्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
पर्साको पोखरीया प्रादेशिक अस्पताल हस्तान्तरण कार्यक्रममा उनले मधेसको स्वास्थ्य क्षेत्र कमजोर रहेकाले सुधारलाई प्राथमिकता दिइएको उल्लेख गरे । ग्रामीण भेगका नागरिकलाई सहज र गुणस्तरीय सेवा दिन पोखरीया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिएको उनको भनाइ छ ।
मुख्यमन्त्री यादवले स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापनमा कडाइ गरिने जनाउँदै दरबन्दीअनुसार ग्रामीण क्षेत्रमा नखटिने चिकित्सकलाई कारबाही गरिने चेतावनी दिए ।