काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम संकटमा परिरहेका बेला स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिए। उनले आइतबार स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको हो ।
बीमा बोर्डले समयमै भुक्तानी दिन नसक्दा ठूला सरकारी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरिरहेका छन् । त्रिवि शिक्षण अस्पतालले करिब ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जनाउँदै बीमा सेवा बन्द गरिसकेको छ ।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । अर्थ मन्त्रालयले हालकै मोडलमा थप अनुदान दिन नसकिने स्पष्ट पारेपछि कार्यक्रम थप संकटमा परेको छ ।