काठमाडौँ। पत्रकारिताबाट सार्वजनिक जीवनमा परिचित स्वास्थ्य पत्रकार उद्धवराज भेटुवाल आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले उनलाई काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यका लागि अघि सारेको हो।
भेटुवालले मंगलबार दिउँसो २ बजे निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्ने जनाएका छन्। लामो समय स्वास्थ्यसम्बन्धी मुद्दामा केन्द्रित पत्रकारिता गर्दै आएका छन्।
हाल राप्रपाको केन्द्रीय सदस्य रहेका भेटुवाल संघीय शासन प्रणाली, धर्म निरपेक्षता र राष्ट्रिय पहिचानका विषयमा स्पष्ट विचार राख्ने नेताका रूपमा चिनिन्छन्। उनले स्वास्थ्य सेवा सुधार, शिक्षा र सुशासनलाई आफ्नो चुनावी प्राथमिकतामा राख्दै जनतासँग प्रत्यक्ष संवादमार्फत मत माग्ने तयारी थालेका छन्।