काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम प्रायः सफा रहने अनुमान छ।
तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सु लाग्न सक्ने भएकाले हवाई सेवामा ढिलाइ तथा उडान अवरोध हुनसक्ने महाशाखाले जनाएको छ। दृश्यता घट्न सक्ने भएकाले सवारी चालकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।