नेपालगन्ज । बाँकेमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । यो अभियान जिल्लामा १६औँ पटक सञ्चालन गरिएको हो ।
यसपटक नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नं। ४ मा औषधि खुवाइँदै छ । कार्यक्रमबारे जानकारी दिन आयोजित संचारकर्मीहरूसँगको छलफलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले रोगको जोखिम र औषधि सेवनको महत्वबारे प्रस्तुति दिए ।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले अभियान सफल बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा सहभागी वक्ताहरूले सबैको सक्रिय सहभागिताबाट मात्र अभियान सफल हुने विश्वास व्यक्त गरेका छन् ।