काठमाडौँ। भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार निपाह नेपाल भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग जोडिएका सीमा नाकामा स्वास्थ्य परीक्षण सुरु गरिएको छ। विशेष गरी कोशी प्रदेशका नाकामा कडाइ गरिएको उनले बताए।
निपाह भाइरस समयमै उपचार नगरे ज्यानसमेत जान सक्ने र यसको मृत्युदर ३०–३३ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ। यो भाइरस सुँगुर, चमेरा तथा सङ्क्रमित व्यक्तिबाट सर्ने गर्दछ।